Medicinal and Aromatic Plants of Jaljala Mountain, Rolpa || जलजला र यस क्षेत्रमा जडीबुटी तथा सुगन्धित वनस्पतिहरू || KumarRokaMagar.com.np

 

Medicinal and Aromatic Plants of Jaljala Mountain, Rolpa || जलजला र यस क्षेत्रमा जडीबुटी तथा सुगन्धित वनस्पतिहरू || KumarRokaMagar.com.np


जलजला र यस क्षेत्रमा जडीबुटी तथा सुगन्धित वनस्पतिहरू(Medicinal and Aromatic Plants of Jaljala Mountain, Rolpa)

 जलजला रोल्पा जिल्लाको सबैभन्दा धेरै अवलोकन गरिएको ठाउँहरूको सूचीमा एक नम्बरमा पर्दछ । यो एक ऐतिहासिक लालसेनाको युद्ध परेडभूमि(Parade Spot of Gruella), पवित्र धार्मिक स्थल, पर्यटकीय गन्तव्य एवं प्रकृतिको अद्वितीय कृति हो । विश्व मै दुर्लभ जीव हाब्रे(Red Panda)को बासस्थान र अमृत समान औषधीय गुणयुक्त जडीबुटीहरूको उद्यान पनि हो ।

नेपाल भ्रमण बर्ष (Visit Nepal 2020-2021) को अवसरमा नेपाल सरकारले देशभरिबाट उत्कृष्ट १०० गन्तव्य(100 Destinations in Nepal for Visit Nepal 2020-2021) सूचीमा रोल्पाबाट एक मात्र--- जलजला सूचीकृत रहेको छ ।

समुन्द्र सतहदेखि करिब ३६०० मिटर उचाइसम्मको धरातलमा फैलिएको जलजला संघीय गणतन्त्र नेपाल, लुम्बिनी प्रदेश, रोल्पा जिल्ला, सुनछहरी गाउँपालिका वडा नं. ७ जेलबाङ (शहिद गाउँ:- सशस्त्र द्वन्द्वमा एउटै गाउँबाट ७३ जनाले ज्यान गुमाएको) र वडा नं. १ सेरम(केही भाग)मा र ऐतिहासिक थबाङ गाउँपालिकामा अवस्थित रहेको छ । यो पहाडको पूर्व, उत्तर पूर्वमा थवाङ गाउँपालिकाको वडा नं. ४ र ५ उवा गाउँ, उत्तरमा सोही गाउँपालिकाको १ र २ थबाङ गाउँ तथा मिरुल गाउँ र पश्चिममा रोल्पा नगरपालिका(धबाङ गाउँ) अन्तर्गत पर्दछ ।

 

वन्यजन्तु र वनस्पतिहरू (Wild Life---Faunas and Floras around Jaljala)

नेपाल एउटा विस्तृत जैविक विविधताले भरीपूर्ण देश हो, जो संसारमा एकदमै दुर्लभ बनावट र सम्मिश्रण रहेको छ । प्रकृति प्रेमीहरूका लागि एक अविश्वसनीय जीवजन्तु र वनस्पतिहरूको विशाल संग्रह हो । अझ भनौँ वन्यजन्तु, वनस्पति र चरा प्रेमीहरूका लागि नेपाल स्वर्ग हो ।

नेपालले विश्वको केवल ०.१ प्रतिशत क्षेत्रमा ओगटेको छ । तर नेपालको मौसमको स्थिति, भौगोलिक स्थिति र अद्वितीय भू-बनावटले गर्दा जैविक-विविधताले समृद्ध देश बनेको छ । हाल विश्वमा पहिचान भएका मध्ये ३(तीन) प्रतिशत वनस्पतिहरू र एक प्रतिशत जीवजन्तुहरू नेपालमा पाइन्छन् ।

नेपालको जैविक विविधता प्रोफाइल(Nepal's Biodiversity Profile Record)रेकर्ड अनुसार नेपालमा २०८ स्तनपायी(Mammas), ८६७ प्रजातिका चराहरू(Birds), १२३ सरीसृप(Reptiles), करिब ५५ उभयचर(Amphibians), २३० ताजा पानीमा पाइने माछा(Freshwater Fish) र ६५१ प्रजातिका पुतलीहरू(Butterfly Species) पाइन्छ । कुल २८४ फूल फुल्ने बोटविरुवाहरू र १६० प्रजातिका जनावरहरू पाइएको छ । यसैगरी एउटा स्तनधारी र एउटा चरा प्रजाति समेत गरी २४ हर्पेटोफाउना(Herpetofauna) नेपालको स्वदेशी प्रजातिका सरीसृप र उभयचरहरू रहेका छन् ।

 

जलजला क्षेत्रमा पाइने केही प्रमुख जीव/वन्यजन्तु/चराहरू:-

यसक्षेत्रमा थार, मलछाप्रो(Yellow Throated Marten), कस्तुरी मृग(Musk Deer), बदेँल(Wild Boar), बाघ, भालु, ब्याँसो(जंगली कुकुर/पर- Red Fox), रतुवा(Barking Deer), विश्व मै दुर्लभ मानिने झारल र हाब्रे(Red Panda/निगालो पोन्य) को बासस्थान रहेको छ ।

मनमोहक राष्ट्रिय पंक्षी डाँफे(exotic Lophophorus), कालिज(Kaliz Pheasant ), मुनाल(Munal/Tragopan Satyra), उल्लु(Horned Owls), काग, डाफेको भानिज चरा Nepal Yellow-Backed Sunbird/Green-Tailed Sunbird (Aethopyga Nipalensis) चिलपिउरा, काग, ढुकुर लगाएत सयभन्दा बढी प्रजातिका चराहरूर पुतलीहरू यहाँका थप आकर्षण हुन् ।

विशाल घाँसेमैदानहरुमा विभिन्न घाँसे फूलहरूरथविरथटाङ्केभिन्जौरी(Ragwort)पातःव, दर्जनौँ किसिमका राष्ट्रिय फूल लालीगुराँसका रुखहरू(Rhododendron Forests)कोणधारी लेकाली सल्ला(Hemlock Tree), लौठ सल्ला(Himalayan Yew), बुम/गोब्रे सल्ला(Himalayan Silver Fir) (स्थानीय नामः झम र बुम)भोजपत्र(Himalayan Silver Birch, Birch)निगालो(Himalayan Bamboo), खुर्सु, भोटे खुर्सु आदि पाइन्छ ।

 

जलजला र यसक्षेत्रका २००० मिटर भन्दा बढी उचाइमा पाइने जडीबुटी र सुगन्धित वनस्पतिहरू::-

नेपालको पहाडी ग्रामीण तथा उच्च हिमाली भेगमा बसोबास गर्ने मानिसहरूले परापूर्वकालदेखि नै परम्परागत जडीबुटीबाट गरिने उपचार पद्धति(Traditional Healing Systems) र वैकल्पिक आयको प्रमुख स्रोतमा वनस्पतिहरूमा भरपर्दै आएका छन् । बोटबिरुवाका सम्पूर्ण अवयवहरू जसबाट औषधी तथा सुगन्धित वस्तुहरू निर्माण हुन्छन् र रोगव्याद आदिलाई निर्मूल पार्छन्, तिनै गुण भएका बोटबिरुवालाई जडीबुटी भनिन्छ । अंगे्रजीमा यसलाई (Medicinal and Aromatic Plants) भनिन्छ जसअन्तर्गत औषधी उत्पादन, खाद्य पदार्थ, प्राकृतिक चिकित्सा, सौन्दर्य प्रसाधनका सामग्री र सुगन्धित मरमसला आदिमा प्रयोग हुने बोटबिरुवा पर्छन् । नेपालमा लगभग ६५०० प्रजातिका फूल फुल्ने र ११२० प्रजातिका फूल नफुल्ने वनस्पतिहरू पाइन्छ, जसमध्ये १८०० प्रजातिका औषधीजन्य जडीबुटीहरू पर्दछन् । डाटाको अपर्याप्तताका कारण यो तथ्याङ्क भने फरक-फरक पाइएको छ ।

जडीबुटीको भूमिका मुख्य गरेर नेपालको हिमाली क्षेत्रमा उच्च रहेको छ, जहाँ ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनसंख्याको ठूलो अनुपात भोजन, पोषण, औषधी, मसला, सुगन्धित तेल, सौन्दर्यका सामान र अन्य उपयोगी पदार्थका श्रोतका रूपमा यस्ता वन पैदावारहरूमा परापूर्वकालदेखि नै भरपर्दै आएका छन् । त्यस्तै, कतिपय जडीबुटीहरू बिक्रि–वितरण तथा विदेश निकासी गर्न पनि सङ्कलन गरिन्छ, जसले गर्दा यिनीहरूको महत्व ग्रामिण तथा राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख श्रोतका रूपमा पनि रहिआएको छ । यस्ता जडीबुटीको उचित सदुपयोग गरी यसको व्यापारलाई व्यवस्थित गर्ने हो भने यसले नेपाल जस्तो विकासशील देशमा स्थानीय जनताको जीविकोपार्जन उकास्नमा ठूलो योगदान पुर्‌याउन सक्छ । कतिपय पहाडी जिल्लाहरूमा यस्ता जडीबुटीको व्यापारिक सङ्कलन स्थानीय सँस्कृतिको एउटा महत्वपूर्ण अङ्गको रूपमा रहिआएको छ ।

जलजला क्षेत्रको हावापानी समशीतोष्ण(Temperate Climate) रहेको छ । समग्र रोल्पाको सरदर बार्षिक बर्षा(Precipition) १५६९ एम.एम., सरदर बार्षिक न्यूनतम तापक्रम ५.३ देखि २२.९ डिग्री सेल्सियस् र अधिकतम तापक्रम १९.४ देखि ३५.१ डिग्री सेल्सियस् रहेको पाइन्छ । यस क्षेत्रको सबैभन्दा अग्लो स्थान धरपानी ३५८० मिटर asl(above the sea level) रहेको छ ।

 

शान्ता बुढा मगर, पी.एच.डी. साइन्स स्कलर, स्कुल अफ साइन्स अकल्याण्ड युनिभर्सिटी अफ टेक्नोली, न्यूजिल्याण्ड (AUT, New Zealand), लगायतका ३ जना वनस्पति विज्ञहरूद्वारा सन् २०१४-२०१७ सम्मको विभिन्न मौसम र समयमा जलजला र आसपासमा फूल फुल्ने बोटविरुवाहरूको अध्ययन (A Checklist of Flowering Plants of Jaljala Mountain and adjoining Areas, Rolpa District, Western Nepal) गरेर, देश तथा विदेशमा रहेको विभिन्न ल्यावरोटरीमा पहिचान गरी, जर्नल अफ प्लान्ट रिसोर्सेस्- Journal of Plant Resources(J. Pl. Res. Vol. 18, No. 1, pp 82-101, 2020) मा प्रकाशित गरिएको अध्ययनको निष्कर्षमा जलजला क्षेत्रका १६००-३५८० मिटर उचाइ भएको विविध भू-धरातलमा कुल ५६० प्रजातिका फूल फुल्ने वनस्पतिहरूमा ३२९ जेनेरा र ९८ परिवारहरू पाइएको थियो । जसम्धे ३९५ प्रजातिका जडीबुटीहरू, ८४ बहु-प्रजातिका झाडी र ५८ बहु-प्रजातिका रुखहरू रहेको थियो ।

 

नेपाल सरकारले वन ऐन–अधिकार प्रयोग गरी देहायका वन पैदावारहरूलाई देहाय बमोजिम प्रतिबन्ध लगाएको छ:-

१) सङ्कलन, उपयोग, बिक्रि–वितरण, ओसार–पसार र निकासीको लागि प्रतिबन्ध लगाइएका वन पैदावारहरूः

(क) पाँचऔंले (Dactylorhiza hatagirea); (ख) ओखरको बोक्रा (Bark of Juglans regia)

(ग) मिति २०६०//१ मा प्रकाशित नेपाल राजपत्र भाग ३ अनुसार वनस्पति विभागबाट Neopicrorhiza scrophulariiflora हो भनि यकिन गरी सिफारिस गरेको आधारमा वन विभागले उक्त जडीबुटीको उपलब्धता समेतलाई दृष्टिगत गरी निकासी स्वीकृति दिएको अवस्थामा बाहेक "कुट्की" (Kutki) विदेश निकासी गर्न प्रतिबन्ध गरेको छ ।

२)  वन विभागको स्वीकृति लिएर नेपाल अधिराज्य भित्र प्रशोधन गरी सार तत्व निकासी गर्न अनुमति पाएको अवस्थामा बाहेक विदेश निकासीको लागि प्रतिबन्ध लगाइएका वन पैदावारहरूः

(क) जटामसी (Nardostachys grandiflora)

(ख) सर्पगन्धा (Rauvolfia serpentine)  

(ग) सुगन्धकोकिला (Cinnamomum glaucescens);

(घ) सुगन्धवाल (Valeriana jatamansii);

(ङ) झ्याउ (Lichen spp);

(च) तालिसपत्र (Abies spectabili);

(छ) लौठ सल्ला (Taxus wallichiana)

३) वन विभागको स्वीकृति लिएर नेपाल अधिराज्य भित्र उमालेर सारतत्व निकाली उपयुक्त ढङ्गले समिश्रण गरी निकासी गर्न अनुमति पाएको अवस्थामा बाहेक "शिलाजित"लाई विदेश निकासी गर्न प्रतिबन्ध लगाइएको छ ।

४) वन विभागको स्वीकृति लिएर नेपाल अधिराज्य भित्र वाष्पिकरण र सम्वेष्ठन (Steaming and packaging) गरी निकासी गर्न अनुमति पाएको अवस्थामा बाहेक "यार्सागुम्बा" (Cordyceps sinensi) लाई विदेश निकासी गर्न प्रतिबन्ध लगाइएको छ ।

साइटिसमा परेका बनस्पतिहरु(List of Flora enlisted )

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि” (Convention on International Trade in Endangered Species of Wild Fauna and Flora-CITES) दुर्लभ वन्यजन्तु तथा वनस्पतिहरूको गैरकानुनी व्यापार नियन्त्रण गर्न बनाइएको एक महासन्धि हो । साइटिसका तीन अनुसूचीहरू रहेका छन् । अनुसूची १ मा लोप हुने स्थितिमा पुगेका प्रजातिहरू समावेश गरिएको छ । पूर्ण रूपमा संरक्षण गर्नुपर्ने भएकोले त्यस्ता प्रजातिहरूको व्यापार र ओसार पसारमा पूर्ण रोक लगाईएको छ । नेपालका कुनैपनि बोटबिरुवाहरू साइटिसको अनुसूची १ मा पर्दैनन् ।

अनुसूची २ मा लोप हुने स्थितिमा पुगि नसकेको तर समयमा नै व्यापार नियन्त्रण नगर्ने हो भने निकट भविष्यमा लोप हुन सक्ने स्थितिमा रहेका प्रजातिहरूलाई समावेश गरिएको छ । सूचिकृत प्रजातिहरूको निकासी गर्न सम्बन्धित राष्ट्रको व्यवस्थापन निकायबाट निकासी इजाजत पत्र लिनु आवश्यक पर्छ ।

त्यस्तै, अनुसूची ३ मा कुनै देश विशेषले आफ्नो राष्ट्रको कुनै प्रजातिको व्यापार नियन्त्रण गर्नुपर्ने आवश्यकता महसुस गरी त्यस्ता प्रजातिहरू समावेश गर्न सक्दछ ।

CITES मा परेका नेपालका वनस्पतिहरू

साइटिसको अनुसूचीमा परेका नेपालका वनस्पतिहरू मध्ये जलजला क्षेत्रमा अनुसूची-३ का वनस्पतिहरू पाइदैन भने अनुसूची-२ अन्तर्गत पर्ने विशेषगरी जडीबुटीहरूमा:- () लौठ सल्ला/झम क्षेत्री(Taxus Wallichiana), () जटामसी(Nardostachys grandiflora), () लघुपत्र(Podophyllum hexandrum) पाइने गर्दछ ।

International Union for Conservation of Nature-IUCN को नेपाल च्याप्टर IUCN Nepal सन् २००४ मा प्रकाशित गरेको National Register of Medicinal and Aromatic Plants, 2004 मा सूचीकृत करिब ११४ जडीबुटी तथा वनस्पतिहरू मध्ये जलजला क्षेत्रका २००० मि.(asl) भन्दा बढी उचाइ पाइने जडीबुटीहरू करिब ८० भन्दा रहेको पाइन्छ । जसमध्ये ४ वटा जडीबुटी संरक्षण स्थितिको हिसाबले दुर्लभ(Rare) वनस्पतिहरू यसक्षेत्रमा पाइन्छ । 



  



नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु

नेपालका जडीबुटी प्रजातिहरू मध्ये ३० प्रजातिहरूलाई नेपाल सरकारले अति उपयोगी प्रजातिका रूपमा संरक्षण र विकासका लागि प्राथमिकता दिएको छ ।



नेपालका जडीबुटी प्रजातिहरू मध्ये ३० प्रजातिहरूलाई नेपाल सरकारले अति उपयोगी प्रजातिका रूपमा संरक्षण र विकासका लागि प्राथमिकता दिएको छ । -स्रोत:- नेपाल हब्र्स तथा हर्बल उत्पादक संघ (NEHHPA)


Reference:

  https://www.nepalherb.org/

National Trust for Nature Conservation

100 DESTINATIONS IN NEPAL FOR VISIT NEPAL 2020-2021

Wikipedia

https://www.researchgate.net/publication/343417909


 

 

About Kumar Magar

Hello World 🙏 It's me Kumar Roka Magar, a content creator and graphics designer from western part of Nepal.
    Blogger Comment
    Facebook Comment

1 Comments :

  1. Finally, the Liberty Bell included an computerized payout for honest distribution of prizes. This slot machine version dominated till the arrival of electromechanical slot machines. A slot machine sport relies on a number of} spinning reels with symbols. So, when a participant presses the “spin” button, the reels spin and land randomly on a set of reels. The participant wins the prize if the symbols line up with the profitable payline. Let us bring Las Vegas straight to you, wherever you're be}, and take part on the slot 온라인 카지노 machine fun now.

    ReplyDelete